म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको तयारी तीव्र रुपमा थालिएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा ११ औं माघेसङ्क्रान्ति मेलाको आयोजना गर्न लागिएको हो । बेनीमा माघेसङ्क्रान्तिका अवसरमा वर्षौदेखि मेला लाग्दै आएको छ ।
‘‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौं’’ भन्ने मुल नाराका साथ आयोजना हुने माघेसङ्क्रान्ति मेलामा खुल्ला नृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, लोक नृत्य, खुल्ला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरुको विद्यालय स्तरीय खुल्ला पेन्टीङ प्रतियोगिता र छेलो लगायत प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समिति म्याग्दीका सभापति अम्बिका श्रेष्ठले जानकारी दिईन् ।
मेलामा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनको प्रदर्शनी स्थल पनि राखिने भएको छ । मेलालाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरी तयारी थालिएको उनले जानकारी दिईन् । मेलाको उद्घाटनका दिन बेनी बजारमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने भएको छ । मेलामा स्थानीय उत्पादनको प्रदर्शन र कला संस्कृति संरक्षण पहिलो प्राथमिकतामा राखिएको महिला उद्यम विकास समितिका सभापति श्रेष्ठले जानकारी दिईन्। बेनीमा परम्परागत रूपमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई निरन्तरता दिँदै पर्यटन प्रवर्धन गर्ने मुख्य लक्ष्य रहेको उनले बताईन्।
जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, विभिन्न खेलकुद प्रतियोगिताहरु, खुल्ला नृत्य प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मेलामा प्रस्तुति रहने महिला उद्यम विकास समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






