काठमाडौं । नेपालको पुरस्कारप्राप्त गोरमेट पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा भारतीय बजारमा आधिकारिक रूपमा प्रवेश गरेकाे महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेको छ ।
२०१७ मा स्थापना भएको WOW Popcorn सानो घरेलु प्रयासबाट सुरु भएर आज नेपालकै चर्चित प्रिमियम स्न्याक ब्रान्डको रूपमा स्थापित भइसकेको छ। आठ वर्षको सफल यात्रापछि कम्पनीले अब अन्तर्राष्ट्रिय बजारतर्फ पहिलो ठोस कदम चाल्दै, भारतका उपभोक्तासम्म आफ्ना नविन र उच्च गुणस्तरका उत्पादन पु¥याउने तयारी गरेको छ।
WOW Popcorn का संस्थापक तथा प्रबन्ध निर्देशक शुभाकर मानन्धर भन्छन्, “८ वर्ष पूरा गर्नु हाम्रो लागि गर्वको विषय हो, र भारतीय बजारमा प्रवेश गर्नु यसलाई अझ अर्थपूर्ण बनाउँछ। भारत स्वादप्रतिको रुचि र विविधताका लागि परिचित बजार हो, र त्यहाँ हाम्रो उत्पाद लान पाउँदा हामी उत्साहित छौं।” नेपालमा WOW Popcorn ले परम्परागत पपकर्नको सीमाभन्दा बाहिर गएर पाँचभन्दा बढी गोरमेट फ्लेभरहरू प्रस्तुत गर्दै, Cheddar Cheese , Butter Scotch, Caramel, Cheddar Cheese & Caramel / Peri Peri जस्ता लोकप्रिय स्वादहरुसहित उपभोक्ताको विश्वास जित्दै आएको छ।
२०१७ मा स्थापना भएको WOW Popcorn नेपालकै अग्रणी गोरमेट पपकर्न ब्रान्ड हो। साधारण स्न्याकलाई प्रिमियम र साझा गर्न मिल्ने अनुभवमा रूपान्तरण गर्ने उद्देश्यसहित अघि बढिरहेको यो ब्रान्डको भारतीय विस्तार दक्षिण एसियाली गोरमेट स्न्याक बजारमा पहिचान बनाउने दिशामा महत्वपूर्ण कदम हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





