काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको व्यवसायिक हकहित र सुरक्षाप्रति सधैं प्रतिबद्ध रहेको जनाएको छ । हालैका घटनाक्रम र संस्थाका पूर्व अध्यक्ष शेखर गोल्छाको सम्बन्धमा बाहिर आएका विषयहरू प्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण रहेको समेत नाडाले जनाएको हो ।
पूर्व अध्यक्ष गोल्छा नेपालको औद्योगिक एवं व्यवसायिक जगतका एक सम्मानित व्यक्तित्व भएको र उनले नाडाको पनि सफल नेतृत्व मात्र गरेको नभइ समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिन र मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पुर्याएको विज्ञप्तिमा उल्लेख छ । यस्तो गरिमामय इतिहास बोकेको र देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरेका व्यक्तिमाथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने नाडाको ठम्याइ छ ।
सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा पूर्ण विश्वास राख्दै नाडाले राज्यले गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता जनाएको छ । यद्यपि, अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वासलाई खलल पुर्याउने चेतावनी उसले दिएको छ ।
निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्र्याउनु पर्ने समयमा प्रतिष्ठित व्यवसायीहरूमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा त्रासको वातावरण सिर्जना गर्नेतर्फ सरकारलाई ध्यानाकर्षण गराउँदै यसले सरकारले अघि सारेको “लगानी मैत्री नेपाल” को नारालाई समेत कमजोर बनाउने औंल्याएको छ ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकार र सम्बन्धित निकाय समक्ष गोल्छाको हकमा ‘पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन’ अनुरोध गरेको छ भने दोषी प्रमाणित नभएसम्म गोल्छाको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको पनि दायित्व भएको तर्फ सचेत गराएको छ । अनुसन्धानमा उनले पूर्ण सहयोग गर्नेमा समेत विश्वस्त रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न नाडा सरकारसँग माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






