काठमाडौं । आजदेखि सिनेमा घरहरुमा तीन नेपाली चलचित्र एकसाथ सार्वजनिक भएका छन् । आजदेखि नेपाली हलहरुमा गुरुआमा, मालती मंगले र लालीबजार एकसाथ प्रदर्शनमा आएका छन् ।
गुरुआमा चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ र टीका सानु लगायतका कलाकारहरुको अभिनय रहेको छ भने प्रेम सोनी सुनारले निर्माण र निर्देशन गरेको यस चलचित्रमा शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध देखाउन खोजिएको विषय समेटिएको छ । यो चलचित्र सोनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको हो ।
त्यसैगरी, मालती मंगले नामको चलचित्र चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेका हुन् । प्रकु पाण्डेले निर्देशन गरेको यो चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे र सरिता गिरी मुख्य भूमिकामा छन् । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यो चलचित्र ग्रामीण दम्पतीको प्रेम र सामाजिक परिवेशलाई समेटेको बताइएको छ ।
त्यस्तै, बादी समुदायको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र लालीबजार पनि आजैदेखि प्रदर्शनमा आएको छ । अघिल्लो शुक्रबारदेखि नै प्रदर्शन गर्ने भनिए पनि कानुनी अल्झनमा परेको कारण यो चलचित्र आजदेखि बल्ल हलमा आएको छ । यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बाल कलाकार समाइरा थापा र डेब्यु कलाकारहरू विशाल देवकोटा र प्रशंसा सुवेदीको अभिनय छ ।
यस चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् भने निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टरार्इ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






