काठमाडौं । सिक्किम निवासी गायिका शीतल क्षेत्रीले आफ्नो पहिलो गीत ‘किन किन’ सार्वजनिक गरेकी छन् । प्रेममा पर्दा मनमा उत्पन्न हुने कौतूहल र आत्मविश्वासलाई समेटिएको यो भिडियो शीतलको आफ्नै आधिकारिक युट्युब च्यानलबाट बजारमा आएको हो ।
यस प्रेमिल गीतमा योगेन्द्र उपाध्यायको शब्द तथा संगीत रहेको छ भने विश्व अधिकारीले संगीत संयोजन गरेका छन् । गीतमा शीतललाई सुवेक्षा बराइलीले कोरसमा साथ दिएकी छन् ।
भिडियोमा गायिका शीतल स्वयं नै मुख्य भूमिकामा प्रस्तुत भएकी छन् । उनलाई अभिनय र कोरियोग्राफीमा रोशन विश्वकर्माले साथ दिएका छन् । भिडियोभित्र शीतलको सौन्दर्यलाई गुलाब, बादल र मुस्कुराउँदो फूलसँग तुलना गर्दै दृश्यहरूलाई काव्यिक बनाइएको छ ।
भिडियोको निर्देशन अर्जुन तिवारीले गरेका हुन्, जसमा निर्माण पक्ष निकै स्तरीय देखिएको छ । सार्वजनिक भएको छोटो समयमै यो भिडियोले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । गायिका क्षेत्री ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ समेत सहभागी भएकी थिईन ।
यो लिंकमा भिडियो हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






