काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पांग्रामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
जहाज ल्यान्ड गर्ने क्रममा पांग्रामा आगो देखिएको थियो । दमकलको प्रयोग गरेर आगो निभाइएको छ । टीके ७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा आगो लागेको हो ।
बिहान ६:३५ मा विमानस्थलमा ल्यान्ड भएको जहाजमा २७७ जना यात्रु थिए । विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको बताइएको छ ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दिएको जानकारी अनुसार जहाज ल्यान्डिङको क्रममा पछाडिको ल्यान्डिङ गियरमा आगोको झिल्का देखिएको थियो ।
आगो देखिनासाथ जहाज तत्काल रोकिएको र तत्काल दमकल प्रयोग गरेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






