काठमाडौँ । स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित र जनमैत्री बनाउने गरी सरकारले तयारी गरिरहेको जानकारी दिएकी छन् ।
सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भ गर्ने क्रममा उनले उक्त जानकारी दिएकी हुन् ।
स्वास्थ्य बीमामा केही पेचिलो समस्या रहेको स्वीकार गर्दै उनले त्यसलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गहन गृहकार्य भइरहेको जानकारी दिइन् ।
उनकाअनुसार स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ । सरकारले चाँडै नै नागरिकलाई सहज हुनेगरि नयाँ व्यवस्था सार्वजनिक गर्ने उनले बताइन् ।
उनले भनिन्, ‘स्वास्थ्य बीमामा अलिकति पेचिलो छ । यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ । वर्कआउट भइरहेको छ, चाँडै नै थाहा पाउनुहुन्छ । हामी कसरी यसलाई सहज गर्नसक्छौँ भनेर ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकार स्वास्थ्य बीमालाई व्यवस्थित र जनमैत्री बनाउने तयारीमा छः स्वास्थ्यमन्त्री मेहता
- प्रधानमन्त्री बालेन आएनन्ः कांग्रेसद्वारा राज्य व्यवस्था समितिको बैठक बहिष्कार
- केही घण्टा अवरुद्ध पश्चात खुल्यो विमानस्थल
- निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलायो
- आज यी स्थानमा पर्नेछ पानी, थाहा पाउनुहोस् मौसम विवरण
- आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
- जहाजमा आगलागी भएपछि त्रिभुवन विमानस्थल बन्द
- आज के छ बिदेशी मुद्राको नेपाली दररेट ? यस्तो छ विनिमयदर


ट्रेन्डिङ
खबरमुकाम






