काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले जनताको जीउधनको रक्षा गर्न नसक्ने तथा सीमा रक्षा गर्न नसक्ने सरकारलाई असक्षम घोषणा गर्नुपर्ने बताएका छन् । आज संसदमा बोल्दै साम्पाङले भने, ‘जनताको जीउधनको रक्षा गर्न नसक्ने तथा सीमा रक्षा गर्न नसक्नेअनि यो सरकार कसरी सफल सरकार भन्न सकिन्छ ?’
उनले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन नगरेको विषयमा समेत प्रश्न गरे । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा प्रधानमन्त्री भए नभएको जानकारी पनि माग गरे ।
‘यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन रु सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो ।’
उनले प्रश्नको उत्तर दिन नसक्ने प्रधानमन्त्री असक्षम ठहरिने पनि टिप्पणी गरे । ‘प्रश्नको जवाफ नदिनु भनेको असक्षमता हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ?,’ उनले उनले भने, ‘जनता सरकारसँग डराएर बाँच्नु परेको छ । जनताको जीउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न सक्ने अनि यो सरकार कसरी सफल सरकार भन्न सकिन्छ ?’
उनले भारतले सीमा क्षेत्रमा निर्माणको काम गरिरहेको विषयमा पनि सरकारलाई प्रश्न गरे । ‘सीमावर्ती क्षेत्रमा छिमेकी सरकारले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरेको हो वा आफूखुसी गरिरहेको हो ?,’ उनले भने, ‘उदाहरण महाकालीको तटमा पारिपट्टी भइरहेको निर्माणलाई देख्न सक्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






