काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आज संसदको बैठकमा सम्बोधन गर्ने भएका छन् । सरकारले सोमबार जारी गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री साहले आज जवाफ दिन लागेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री शाहले जवाफ दिने भएका हुन् ।
यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
संसद सचिवालयका अनुसार, बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






