काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रहेका रामबहादुर थापाको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् । आजको संसद् बैठकमा रास्वपाका सांसद् मनिष खनालले एमाले सांसद थापाले मंगलबार संसद्को बैठकमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले हटाउन रुलिङ गरेका हुन् ।
त्यस लगत्तै प्रधानमन्त्री बालेन्द्र साहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रमका बारेमा बोल्न सभामुखले कार्यसूची अगाडि सारेपछि विपक्षी सबै सांसदले विरोध गरेका छन् । संसदमा अवरोध भएपछि सभामुख अर्यालले विपक्षी र सत्ता पक्षका सांसदहरुलाई बोल्न दिएका छन् ।
जसअनुसार, नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, नेकपा (एमाले)का ऐनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कविन्द्र बुर्लाकोटी लगायतले आफ्नो अभिव्यक्ति राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





