काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यसूची रहेको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री साहले आज सांसदहरुले प्रश्नको जवाफ दिने भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा राखेका थिए ।
जिज्ञासाहरुको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो । तर प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएपछि प्रतिपक्षी दलका सांसदहरुले सदन अवरुद्ध गरेका थिए ।
बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । संघीय संसदले जारी गरेको कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने बताइएको छ ।
आजै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आव २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक०माथि छलफलका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने तालिका छ ।
यस्तै, प्रतिनिधि सभाका सदस्य गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ प्रस्ताव पेस गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





