काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि तोकिएको विनिमयदर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको हो । त्यसैगरी, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ रहेको छ भने यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ ।
स्वीस फ्रयांक एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ १९ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा रहेको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३७ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७१ पैसा र बिक्रीदर २३ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ आठ पैसा तथा बिक्रीदर ५०० रुपैयाँ ३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।
ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






