काठमाडौं । नेकपा ९एमाले०ले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी कदम भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु, भक्तपुरमा मंगलबार राति बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सम्पत्ति शुद्धीकरणको नाममा उपाध्यक्ष पौडेललाई पक्राउ गरिएको भन्दै उक्त कदम कुनै वस्तुगत तथ्य र प्रमाणमा आधारित नभएको दाबी गरेको छ । एमालेले यसलाई राजनीतिक प्रतिशोध र शक्ति दुरुपयोगको परिणामका रूपमा व्याख्या गरेको छ ।
बैठकले उपाध्यक्ष पौडेललाई बिनासर्त तथा अविलम्ब रिहा गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।
साथै, राज्य संयन्त्रको दुरुपयोग गरी राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै एमालेले घटनाविरुद्ध देशव्यापी राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको जनाएको छ।
उक्त अभियानमा पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता तथा न्याय र लोकतन्त्रप्रेमी नागरिकलाई सक्रिय सहभागिताका लागि एमालेले आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






