काठमाडौं । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसर पारेर आज नेकपा (एमाले)ले आयोजना गर्ने कार्यक्रममा मुख्य नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छ । एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आज काठमाडौंको राष्ट्रियसभामा एक कार्यक्रमको आयोजना गरिएको छ । ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा ओली, प्रचण्ड र नेपालसँगै झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुँदै छन् । पछिल्लो दिनमा कम्युनिष्ट एकताको बहस बाक्लो भइरहेका बेला कम्युनिष्ट पार्टीका मुख्य नेताहरु एक मञ्चमा देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण


ट्रेन्डिङ
खबरमुकाम





