काठमाडौं । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसर पारेर आज नेकपा (एमाले)ले आयोजना गर्ने कार्यक्रममा मुख्य नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छ । एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आज काठमाडौंको राष्ट्रियसभामा एक कार्यक्रमको आयोजना गरिएको छ । ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा ओली, प्रचण्ड र नेपालसँगै झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुँदै छन् । पछिल्लो दिनमा कम्युनिष्ट एकताको बहस बाक्लो भइरहेका बेला कम्युनिष्ट पार्टीका मुख्य नेताहरु एक मञ्चमा देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





