बुटवल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको पहिलो १०० दिन उपलब्धिविहीन र पूर्णतः असफल भएको टिप्पणी गरेका छन् । लुम्बिनी प्रदेशस्तरीय पार्टी कार्यक्रममा सहभागी हुन बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै जनतालाई अनेक आश्वासन र अपेक्षा देखाएर बनेको सरकारले सय दिनमा कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको दाबी गरे ।
वाम एकताबारे अहिले कुनै औपचारिक छलफल नभएको स्पष्ट पार्दै उनले तत्कालको प्राथमिकता सबै राजनीतिक दलसँग आवश्यक विषयमा सहकार्य र समन्वय गर्नु रहेको बताए । उनका अनुसार अहिले एकताको भन्दा पनि सहकार्यको वातावरण बनाउन जोड दिइएको छ ।
प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन प्रचण्डसँगै नेकपाका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र बलदेव खनाललगायत शीर्ष नेताहरू पनि बुटवल पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






