बुटवल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको पहिलो १०० दिन उपलब्धिविहीन र पूर्णतः असफल भएको टिप्पणी गरेका छन् । लुम्बिनी प्रदेशस्तरीय पार्टी कार्यक्रममा सहभागी हुन बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै जनतालाई अनेक आश्वासन र अपेक्षा देखाएर बनेको सरकारले सय दिनमा कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको दाबी गरे ।
वाम एकताबारे अहिले कुनै औपचारिक छलफल नभएको स्पष्ट पार्दै उनले तत्कालको प्राथमिकता सबै राजनीतिक दलसँग आवश्यक विषयमा सहकार्य र समन्वय गर्नु रहेको बताए । उनका अनुसार अहिले एकताको भन्दा पनि सहकार्यको वातावरण बनाउन जोड दिइएको छ ।
प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन प्रचण्डसँगै नेकपाका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र बलदेव खनाललगायत शीर्ष नेताहरू पनि बुटवल पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





