काठमाडौं । संघीय संसदअन्तर्गत रहेका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । संसदीय सुनुवाइ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति तथा महिला तथा सामाजिक मामिला समितिले विभिन्न समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् ।
संसदीय सुनुवाइ समितिको बैठक बिहान ९ः३० बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ । बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूमाथि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मोरङका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा काठमाडौंका डा. राजीव सुब्बा र ओखलढुंगाका गुरु वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल समाप्त भएपछि आयोग प्रमुखविहीन बनेको थियो । हाल आयोगको नेतृत्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सम्हालिरहेका छन् ।
यता, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भएका अनुसन्धान केन्द्र र कार्यक्रमहरूको संसदीय अनुगमन प्रतिवेदन तथा स्थलगत अवलोकनको समीक्षा गरिने कार्यसूची छ ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ । साथै, विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीको मानवअधिकार अवस्थाबारे अध्ययन गरिरहेको उपसमितिको कार्यावधि थप गर्ने विषयमा पनि निर्णय हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधि तथा सञ्चालनसम्बन्धी विषयमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण


ट्रेन्डिङ
खबरमुकाम





