काठमाडौं । संघीय संसदअन्तर्गत रहेका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । संसदीय सुनुवाइ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति तथा महिला तथा सामाजिक मामिला समितिले विभिन्न समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् ।
संसदीय सुनुवाइ समितिको बैठक बिहान ९ः३० बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ । बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिहरूमाथि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मोरङका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा काठमाडौंका डा. राजीव सुब्बा र ओखलढुंगाका गुरु वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल समाप्त भएपछि आयोग प्रमुखविहीन बनेको थियो । हाल आयोगको नेतृत्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सम्हालिरहेका छन् ।
यता, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भएका अनुसन्धान केन्द्र र कार्यक्रमहरूको संसदीय अनुगमन प्रतिवेदन तथा स्थलगत अवलोकनको समीक्षा गरिने कार्यसूची छ ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ । साथै, विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीको मानवअधिकार अवस्थाबारे अध्ययन गरिरहेको उपसमितिको कार्यावधि थप गर्ने विषयमा पनि निर्णय हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधि तथा सञ्चालनसम्बन्धी विषयमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





