काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । कांग्रेसका राष्ट्रियसभा र प्रतिनिधिसभा संसदीय दलका चार पदाधिकारीले संयुक्त रूपमा दायर गरेको रिटमा नियमावलीको प्रस्तावना, नियम १४० को उपनियम (११) तथा नियम २५९ संविधानअनुकूल नभएको दाबी गरिएको हो ।
रिट निवेदनमा राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रियसभा संसदीय दलका सचेतक पदमबहादुर परियार, प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तथा प्रमुख सचेतक बासना थापा निवेदक रहेका छन् ।
निवेदकहरूको दाबीअनुसार संविधान संशोधनसम्बन्धी प्रक्रियामा दुवै सदनको संयुक्त सदस्य संख्याको दुईतिहाइलाई आधार बनाउने व्यवस्था राष्ट्रियसभाको संवैधानिक भूमिका र अधिकारसँग मेल नखाने प्रकृतिको छ । यही कारण राष्ट्रियसभाको अधिकार क्षेत्र प्रभावित हुने भन्दै त्यसको तर्फबाट समेत रिट दायर गरिएको अधिवक्ता राजु कुटवालले बताएका छन् ।
रिटमा संघीय संसद सचिवालय, प्रतिनिधिसभा, सभामुख डीपी अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको छ ।
रिटमार्फत कांग्रेसले संविधानसँग बाझिएको दाबी गरिएका ती व्यवस्थालाई बदर गरी संविधानअनुकूल कानुनी व्यवस्था कायम गर्न अदालतसँग माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण


ट्रेन्डिङ
खबरमुकाम





