काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । कांग्रेसका राष्ट्रियसभा र प्रतिनिधिसभा संसदीय दलका चार पदाधिकारीले संयुक्त रूपमा दायर गरेको रिटमा नियमावलीको प्रस्तावना, नियम १४० को उपनियम (११) तथा नियम २५९ संविधानअनुकूल नभएको दाबी गरिएको हो ।
रिट निवेदनमा राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रियसभा संसदीय दलका सचेतक पदमबहादुर परियार, प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तथा प्रमुख सचेतक बासना थापा निवेदक रहेका छन् ।
निवेदकहरूको दाबीअनुसार संविधान संशोधनसम्बन्धी प्रक्रियामा दुवै सदनको संयुक्त सदस्य संख्याको दुईतिहाइलाई आधार बनाउने व्यवस्था राष्ट्रियसभाको संवैधानिक भूमिका र अधिकारसँग मेल नखाने प्रकृतिको छ । यही कारण राष्ट्रियसभाको अधिकार क्षेत्र प्रभावित हुने भन्दै त्यसको तर्फबाट समेत रिट दायर गरिएको अधिवक्ता राजु कुटवालले बताएका छन् ।
रिटमा संघीय संसद सचिवालय, प्रतिनिधिसभा, सभामुख डीपी अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको छ ।
रिटमार्फत कांग्रेसले संविधानसँग बाझिएको दाबी गरिएका ती व्यवस्थालाई बदर गरी संविधानअनुकूल कानुनी व्यवस्था कायम गर्न अदालतसँग माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





