काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम समूहमा रहेका केही नेताहरू नेकपा (एमाले) मा फर्किएका छन् । बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यले एमालेमा पुनः प्रवेश गरेका हुन् ।
उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । एमालेमा फर्किने नेतामध्ये डीबी कार्की पूर्वसंविधानसभा सदस्यसमेत हुन् । उनी लामो समयदेखि वामदेव गौतमसँग राजनीतिक रूपमा आबद्ध रहँदै आएका थिए ।
एमालेमा फर्किएका अन्य नेताहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) रहेका छन् ।
उनीहरूको एमालेमा पुनरागमनसँगै पार्टीले विभिन्न जिल्लामा आफ्नो संगठनात्मक आधार थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





