काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी दर्ता गर्न सार्वजनिक आह्वान गरेको छ । समितिले सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका उम्मेदवारहरूको नियुक्ति उपयुक्त नभएको ठोस आधार, प्रमाण वा विश्वसनीय सूचना भए १० दिनभित्र लिखित उजुरी पेश गर्न आग्रह गरेको हो ।
सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्ले विरुद्ध नेपाली वा अंग्रेजी भाषामा प्रमाणसहित उजुरी दर्ता गर्न सकिनेछ ।
समितिले उजुरीमा उजुरीकर्ताको पूरा नाम, ठेगाना, सम्पर्क नम्बर र जिल्ला स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ। साथै, उजुरीमा उल्लेख गरिएका दाबी पुष्टि गर्ने कागजात वा अन्य प्रमाणका प्रतिलिपिसमेत अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उजुरी सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा सिधै बुझाउन वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत कुनै शुल्क नतिरी पठाउन सकिने समितिले जनाएको छ ।
समितिका अनुसार यो सूचना पहिलो पटक असार २६ गते प्रकाशित गरिएको हो । यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा उनीहरूको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





