काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले काठमाडौंका विभिन्न सञ्चारगृहअगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले सञ्चारगृह तथा अन्य सार्वजनिक स्थानमा सवारीसाधन राखेर अवरोध गर्नु अस्वीकार्य भएको बताएका छन् । घटनामा जो–कोही संलग्न भए पनि कानुनी दायरामा ल्याई अनुसन्धान र कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
झाले राज्यको मुख्य दायित्व नागरिकको सुरक्षा र समस्याको समाधान गर्नु भएको उल्लेख गर्दै राज्यका गतिविधिले नै नागरिकमा त्रास र अन्योल सिर्जना गर्न नहुने बताए ।
उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै यस्ता गतिविधिबाट सुशासन र जिम्मेवार शासन सञ्चालन हुन नसक्ने टिप्पणी गरेका छन् । साथै, परिवर्तन र नयाँ राजनीतिक संस्कारको अपेक्षासहित स्थापित भएको नेतृत्वबाट यस्ता कार्य हुनु दुःखद भएको उनको धारणा छ ।
सांसद झाले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





