काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग थप दुई छुट्टाछुट्टै मुद्दामा जिल्ला अदालत काठमाडौंले करोडौं रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।
बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा ऐन, २०७९ अन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको हो ।
यस्तै, धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको मुद्दामा सुलभ अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोही ऐनअन्तर्गत ८१ जना प्रतिवादी रहेको अर्को मुद्दामा अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।
यसअघि असार ३ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण कसुरमा दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
हाल दीपक भट्ट र सुलभ अग्रवाल दुवै कारागारमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





