काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा उक्त आदेश जारी गरेको हो ।
सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी गैरकानुनी रहेको दाबी गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सम्बन्धित निकायसँग लिखित जवाफ माग्नुका साथै दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।
सर्वोच्चले अर्को सुनुवाइ नहुँदासम्म पक्राउ पुर्जी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यसअघि कपिलवस्तु जिल्ला अदालतले कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप लागेको छ । सोही घटनाका आधारमा जारी भएको पक्राउ पुर्जी कानुनविपरीत रहेको जिकिर गर्दै उनले सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






