काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जारी गरिएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा उक्त आदेश जारी गरेको हो ।
सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी गैरकानुनी रहेको दाबी गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सम्बन्धित निकायसँग लिखित जवाफ माग्नुका साथै दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।
सर्वोच्चले अर्को सुनुवाइ नहुँदासम्म पक्राउ पुर्जी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यसअघि कपिलवस्तु जिल्ला अदालतले कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धानका लागि सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप लागेको छ । सोही घटनाका आधारमा जारी भएको पक्राउ पुर्जी कानुनविपरीत रहेको जिकिर गर्दै उनले सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





