काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । प्याङ्क्रियाज (अग्न्याशय) को क्यान्सरबाट पीडित श्रेष्ठ हाल ललितपुरको जावलाखेलस्थित अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन् ।
उनका छोरा सम्पूर्ण श्रेष्ठका अनुसार पछिल्ला ९–१० दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको छ । चिकित्सकहरूले उनको अवस्था अत्यन्तै जटिल रहेको बताएका छन् ।
श्रेष्ठमा गत वर्ष प्याङ्क्रियाजसम्बन्धी समस्या देखिएपछि काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो, जहाँ उनलाई किमोथेरापीसमेत गरिएको थियो। करिब तीन महिनाको उपचारपछि उनी स्वदेश फर्किएका थिए ।
स्वदेश फर्किएपछि भने उनको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकी अवस्था क्रमशः कमजोर बन्दै गएको परिवारले जनाएको छ । यस अवधिमा हरिसिद्धिस्थित मेडिसिटी अस्पतालमा समेत उपचार गरिएपछि हाल जावलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचार जारी छ ।
गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका अनुभवी नेतामध्ये एक हुन्। उनले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । तत्कालीन राजाको प्रत्यक्ष शासनका बेला कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा पक्राउ परेपछि श्रेष्ठले पार्टीको नेतृत्व सम्हालेका थिए ।
गत पुसमा आयोजित कांग्रेसको विशेष महाधिवेशनमा भृकुटीमण्डपमा उनले दिएको सम्बोधन पनि व्यापक चर्चामा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु
- इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
- नेपाल इन्जिनियरिङ कलेजमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
- नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न
- हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, कसले के पुरस्कार पाए ?
- कांग्रेसद्वारा मनसुनजन्य विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण
- कांग्रेस नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार जारी
- सांसद अभिषेकप्रताप शाहविरुद्धको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

ट्रेन्डिङ
खबरमुकाम







