काठमाडौँः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट इभि एसयुभि प्रोटोन इ.मास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो सोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ ।
यसै क्रममा जगदम्बा मोटर्सले मङ्गलबारदेखि भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर उद्घाटन समारोहमार्फत औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ । भक्तपुरको यो नयाँ सोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन सोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ ।
नेपालमा ग्राहक–केन्द्रित भई अग्रणी विद्युतीय सवारी (इभि) ब्रान्डको रूपमा महत्त्वपूर्ण योगदान पु¥याउने लक्ष्यसहित सोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिका अनुसार, प्रोटोन ब्रान्डप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पु¥याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो ।
भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि नै मोफसलका थप तीन सहरहरू वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिक रूपमा नयाँ सोरुमहरू शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ । यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो । अब ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाहरूबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस) सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा लिन सक्नेछन् ।
जगदम्बा मोटर्सले सन् २०१८ बाट नेपाली ग्राहकहरूमाझ प्रोटोन ब्रान्डका नयाँ सवारी साधन आधिकारिक रूपमा वितरण गर्दै आएको छ । मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । हाल प्रोटोन इ.मास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





