काठमाडौं । प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने विषयमा नेकपा एमाले र नेकपाबीच तीनबुँदे सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने समझदारी गरिएको छ ।
सहमति पत्रमा प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुवै दलले साझा रूपमा अघि बढ्ने उल्लेख गरिएको छ ।
साथै, प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्थिर राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याको समाधान गर्दै जनअपेक्षाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र गति दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





