प्रदेश सरकार सञ्चालनका लागि एमाले–नेकपाबीच तीनबुँदे सहमति

काठमाडौं । प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने विषयमा नेकपा एमाले र नेकपाबीच तीनबुँदे सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने समझदारी गरिएको छ ।

सहमति पत्रमा प्रदेश सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुवै दलले साझा रूपमा अघि बढ्ने उल्लेख गरिएको छ ।

 

साथै, प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्थिर राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याको समाधान गर्दै जनअपेक्षाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र गति दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै