एमाले–नेकपाबीच प्रदेश सत्तामा सहकार्य, कुन दललाई कुन प्रदेशको नेतृत्व ? 

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सातै प्रदेश सरकारमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा सरकार सञ्चालनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले लिनेछ ।

मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ ।

सहमति पत्रमा प्रदेश सरकारलाई स्थिर, प्रभावकारी र जनमुखी बनाउँदै सुशासन, विकास र समृद्धिको अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस सहमतिपत्रमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र नेकपाका नेता वर्षमान पुन साक्षीका रूपमा हस्ताक्षर गरेका छन् । दुवै नेता यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनका क्रममा पनि प्रमुख समन्वयकर्तामध्ये रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै