काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सातै प्रदेश सरकारमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा सरकार सञ्चालनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले लिनेछ ।
मधेश र गण्डकी प्रदेशमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ ।
सहमति पत्रमा प्रदेश सरकारलाई स्थिर, प्रभावकारी र जनमुखी बनाउँदै सुशासन, विकास र समृद्धिको अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस सहमतिपत्रमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र नेकपाका नेता वर्षमान पुन साक्षीका रूपमा हस्ताक्षर गरेका छन् । दुवै नेता यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनका क्रममा पनि प्रमुख समन्वयकर्तामध्ये रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





