मकवानपुर । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार विश्वासको मतका लागि कांग्रेसका सांसदलाई भदौ २ गतेसम्म हेटौँडामा उपस्थित हुन निर्देशन दिइएको छ। बानियाँले अन्य दलसँग पनि समर्थनका लागि छलफल गरिरहेका छन् ।
यसैबीच दुई सिट रहेको हाम्रो नेपाली पार्टी सरकारमा सहभागी भएको छ । उसका शैलेन्द्रराज बज्राचार्यलाई भौतिक विकास तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक छ । कांग्रेससँग ३६, एमालेसँग २५ र नेकपासँग २६ सांसद छन्। राप्रपा, नेमकिपा र हानेपाको समर्थन सरकार गठनका लागि निर्णायक बन्ने देखिएको छ ।
यता एमालेभित्र पनि मुख्यमन्त्रीको विषयमा विवाद छ । संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । एमाले–नेकपा गठबन्धनले सरकार गठनको तयारी गरिरहेकाले बागमतीको सत्ता समीकरण थप पेचिलो बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





