काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
बैठकपछि संसदीय दलका उपनेता गणेश पराजुलीले विधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न ७ दिनको समयसीमा तोकेर कार्यदल गठन गरिएको जानकारी दिए । कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारीबोध तथा कानून निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप प्रभावकारी र जनपक्षीय बनाउने रास्वपाको विश्वास छ ।
सभापति रवि लामिछानेसहित शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा बसेको बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत कामकारबाहीबारे समेत छलफल भएको थियो ।
बैठकमा सभापति लामिछानेले संसद्मा प्रस्तुत हुँदा सांसद तथा मन्त्रीहरूले अपनाउने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गरेका थिए । पछिल्लो समय संसद्मा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने तथा आफ्ना माग सम्बोधन नभएको भन्दै सांसदहरूले समेत अमर्यादित र रुखो व्यवहार देखाउने गरेको भन्दै आलोचना हुँदै आएको छ ।
यही सन्दर्भमा नागरिकका मुद्दालाई संसद्मा प्रभावकारी र मर्यादित ढङ्गले प्रस्तुत गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । संसद्मा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार, संयमित र मर्यादित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





