काठमाडौँ । धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेल लागेको छ ।
कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।
आइतबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाट पुगेका छन् ।
कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भूत बैताल, देवी देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने बटेश्वर गाउँपालिकाका धामी मनोज महतोले बताए ।
धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्ति शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् ।
यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ(नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास रहेको छ ।
भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ(आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।
सर्वसाधारणहरु पनि आजका दिन कमला स्नान गरे दुस्ख कलेस पापबाट मुक्त हुने विश्वास रहेको छ । अहिले कमला नदीमा लाखौंलाखको संख्यमा श्रद्धालुहरुको भीड लागेको छ ।
यो मेला भर्न भारतबाट समेत ट्याक्टर, बस, जीप जस्ता सवारीसाधनमा श्रद्धालुहरु आउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





