काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिटरेसीका लागि वित्तीय चेतनामूलक पाँचवटा भिडियो निर्माण गरेको छ । जनतालाई डिजिटल बैंकिङप्रति जागरुक र सजग बनाउने उद्देश्यले भिडियो निर्माण गरेको बैंकले जनाएको छ ।
निर्माण भएका भिडियोहरु शृंखलाबद्ध रुपमा सार्वजनिक गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए ।
भिडियोमा मोबाइल बैंकिङको प्रयोग, धारा-बत्ती तथा स्कुलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजस्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोगसम्बन्धी विधिबारे उल्लेख छ ।
भिडियोबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालामा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।
बैंकले नेसनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारीसमेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





