काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताका विजेतालाई सम्मान गरेको छ । एनसेल आइकन लैनचौरमा मंगलबार आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।
प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्र प्रथम बन्दै १ लाख नगद पुरस्कार जितेको छ । सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेसल मेन्सन पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले स्टोरी टेलिङ एउटा महत्वपूर्ण सीप भएकाले यसले समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दालाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्ने बताए ।
यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले एक ब्रान्डको रूपमा स्थानीय प्रतिभालाई समर्थन गर्नु कम्पनीको जिम्मेवारी भएको धारणा राखे ।
स्थानीय कन्टेन्ट अर्थात् सामग्री र प्रतिभाको विकासमा सहयोग पुर्याउने हेतुले आयोजना गरिको प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहलाई लक्षित गरिएको थियो ।
यस लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डलका सदस्यहरु निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरी टेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए ।
प्रतियोगितामा सहभागी हुन प्रतियोगीले दिदीभाइको हृदयस्पर्शी सम्बन्धलाई ३ देखि ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्ने सर्त राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





