काठमाडौँ । सानिमा बैंक लिमिटेडले मिति २०८० मंसिर १३ गते स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार श्री मदन कृष्ण श्रेष्ठ, बैंकका सञ्चालक, श्री रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, श्री निश्चल राज पान्डेले संयुक्त रुपमा गरे ।
समुद्घाटन समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
सानिमा बैंकका सञ्चालक रमेशकुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पान्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानिय ग्राहकरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरी यस कार्याक्रममा सम्पुर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






