काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरे । उनले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरुको शीघ्र कार्यान्वयनका निम्ति नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
बैठकमा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गरेका थिए । त्यस अवसरमा दुवै पक्षले आपसी सहयोग र सहकार्यका बारेमा पनि छलफल गरेका थिए ।
अर्थमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवं निकायका साथै भारतीय दूतावासका सम्बन्धित अधिकारीको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





