काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ ।
यस सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले गरेका हुन् । उनले नेपाली जुत्ता उत्पादक उद्योगीहरुको समुहलाई सामुहिक शोरुमको सफलताका लागि शुभकामना व्यक्त गरे । उनले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने बताए ।
साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याउनुभएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे । उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो । यस अघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ ।
यस शोरुममा उत्पादक र उपभोक्तबिच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुची र चाहना अनुरुपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरुको विश्वास रहेको छ । साथै बिभिन्न व्यापारीक च्यानल मार्फत बजारमा उत्पादन पठाउँदा वस्तुको मूल्य बृद्धी हुने र यसले उत्पादक र उपभोक्त दुबै पक्ष मारमा पर्ने भएकाले सामुहिक शोरुमको यस अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरु प्राप्त गर्दछन । सातदोबाटो नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन् ।
उद्योगीहरुको यस समुहद्धारा आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराए । साथै देशको दिगो आर्थिक बिकाशका लागि आफ्नै देशको श्रम तथा सिपलाई प्रयोग गरेर देशमा नै रोजगारी सृजना गरिरहेका यस्ता प्रकारका उद्योगहरुको विकास विस्तारमा राज्यका तर्फबाट पनि नीतिगत सहयोग हुनु जरुरी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने



ट्रेन्डिङ
खबरमुकाम






