काठमाडौं । मंसिर लागेपछि सुनको मूल्यले नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ ।
मंसिर लागेपछि हरेक दिन सुनको मूल्यले इतिहास कायम गरेको छ । मंसिरका १८ दिनमा छापावाला सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले बढिसकेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार मंसिर १ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ थियो । सुनको मूल्यले हरेक दिन रेकर्ड कायम गर्दै जाँदा व्यवसायी नै चकित छन् ।
बजारमा सुनको मूल्यले इतिहास कायम गर्दै जाँदा मंसिर अन्त्यसम्ममा १ लाख २५ हजार रुपैयाँ पुग्ने अनुमान भइरहेको छ ।
‘व्यवसायीहरुले मंसिरभरमा सुनको मूल्य प्रतितोला १ लाख २५ हजार पुग्ने अनुमान गरेका थिए । अहिलेको वृद्धि हेर्दा त्यस्तै हुने आधार देखिएको छ ।
सुनको मूल्य उच्च तवरले बढ्दा २०८० सालको अन्त्यसम्ममा प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुग्ने प्रक्षेपण व्यवसायीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने



ट्रेन्डिङ
खबरमुकाम






