काठमाडौं । मंसिर लागेपछि सुनको मूल्यले नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ ।
मंसिर लागेपछि हरेक दिन सुनको मूल्यले इतिहास कायम गरेको छ । मंसिरका १८ दिनमा छापावाला सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले बढिसकेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार मंसिर १ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ थियो । सुनको मूल्यले हरेक दिन रेकर्ड कायम गर्दै जाँदा व्यवसायी नै चकित छन् ।
बजारमा सुनको मूल्यले इतिहास कायम गर्दै जाँदा मंसिर अन्त्यसम्ममा १ लाख २५ हजार रुपैयाँ पुग्ने अनुमान भइरहेको छ ।
‘व्यवसायीहरुले मंसिरभरमा सुनको मूल्य प्रतितोला १ लाख २५ हजार पुग्ने अनुमान गरेका थिए । अहिलेको वृद्धि हेर्दा त्यस्तै हुने आधार देखिएको छ ।
सुनको मूल्य उच्च तवरले बढ्दा २०८० सालको अन्त्यसम्ममा प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुग्ने प्रक्षेपण व्यवसायीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





