काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायीत्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभा एवं तेस्रो अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायीत्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्वपुर्ण रहेको बताएका हुन् ।
अध्यक्ष मल्लले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारी तर्फबाट भएका कमजारीलाई पनि सुधार गरिनुपर्दछ । करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ, ।’
मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरु सकारात्मक भएपनि निजी क्षेत्र र आम सर्वसाधरणले त्यसको व्यवहारिक अनुभूती गर्न नसकेको अध्यक्ष मल्लको भनाई छ । मुलुकमा उद्योगिक एवं व्यवसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको अध्यक्ष मल्लको भनाई छ ।
सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड द्एि । अध्यक्ष मल्लले भने, ‘सरकारले चालु खर्चमा मुठी कस्नुपर्ने बेला आएको छ । ऋण लिएर चालु खर्च गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि सकारात्मक हैन । खर्च पारदर्शिता कायम गर्न आवश्यक छ, । ’
बजेटमा महत्वकांक्षी कार्यक्रमहरु घोषणा भएपनि कार्यन्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लको भनाई छ । सरकार फेरिएसंगै नीतिहरु फेरिनाले पनि अर्थतन्त्र संघै अस्थिर हुनेगरेको अध्यक्ष मल्लले बताए । अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबाट साना तथा मझौला उद्योग सवै भन्दा बढी प्रभावित भएको अध्यक्ष मल्लले बताए । अर्को प्रसंगमा अध्यक्ष मल्लले भक्तपुरलाई अन्तराष्ट्रिय पर्यटक आर्कषणको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने



ट्रेन्डिङ
खबरमुकाम






