काठमाडौं । शौर्य सिमेन्टले आफ्नो क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात गर्न सुरुवात गरेको छ । उद्योगले १६ मंसिरदेखि क्लिंकर निर्यात सुरु गरेको हो ।
शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले रिबन काटेर निर्यातको सुरुवात गरेका हुन् ।
उदयपुरको चुनढुंगाबाट उत्पादन गरिएको यस क्लिंकरमा उच्चस्तरीय चुनढुंगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको कम्पनीले जनाएको छ ।
व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा कम्पनी खोलिएको हो ।
०७८ माघबाट उत्पादन थालेको उद्योगको दैनिक उत्पादन क्षमता ३ हजार टन रहेको छ । अहिले उद्योगले ५३ र ४३ ग्रेडमा ओपिसी तथा पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





