काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव १० अङक्ले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो ।
आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ ।
आज जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५७ र होटल तथा पर्यटन समूह एक दशमलव ७१ प्रतिशतले घटेको छ ।
सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको रु ३६ करोड २९ लाख ५७ हजार चार सय २४ बराबरको आठ लाख ३१ हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





