राष्ट्र बैंकको स्वीकृतिपछि हबिब र हिमालयनबीचको सेयर खरिदबिक्री अगाडि बढ्छः गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको स्वीकृतिपछि मात्र हबिब बैंक र हिमालयन रिइन्स्योरेन्स बीचको सेयर खरिद बिक्री अगाडि बढ्ने बताएका छन् । 

बुधबार संसदको अर्थ समितिमा हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हिमालयन रिइन्स्योरेन्सले किन्न खोजेको विषयमा सांसद् डा. स्वर्णिम वाग्लेले राखेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

हिमालयन रिइन्स्योरेन्सले बैंकको सेयर किन्ने सम्झौता भएर पूर्वस्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको बैंकले जनाएको छ ।

यस विषयमा आधिकारिक जानकारी नआएको गभर्नर अधिकारीले बताए । ‘तर हामीले बैंकर र व्यवसायी छुट्याउने दिशामा नै जानुपर्ने हुनाले स्वार्थ बाझिने देखियो भने किन्न दिइने छैन,’ उनले भने ।

यसअघि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका क्रममा नै बैंकर र व्यवसायी छुट्याउने प्रयास भएको तर नसकिएको उनले बताए ।

पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हिमालयन रि(इन्स्योरेन्सलाई बिक्री गर्ने सम्झौता भएको छ ।

हिमालयन रिइन्स्योरेन्सले बैंकको संस्थापक सेयर प्रतिकित्ता १३० रुपैयाँमा खरिद गर्न लागेको हो । राष्ट्र बैंकले स्वीकृति दिएमा हिमालयन रिइन्स्योरेन्स कम्पनीले बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै