काठमाडौं । जिटीए फाउन्डेसनको मुख्य आयोजनामा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न भएको छ ।
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बासबारीमा शनिबार आयोजित शिविरमा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरू गरेर झण्डै एक सय जनाको मुटु जाँच गरिएको हो ।

पछिल्लो समय हिमाल आरोहण गर्ने र गराउने माउन्टेन गाइड, उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने ट्रेकिङ गाइड र पर्यटकको सामान बोकेर जाने पोटरहरूको मुटुमा प्वाल पर्ने, मुटु दुख्ने समस्या देखिए पनि जाँच तथा उपचार महंगो पर्ने भएकाले उनीहरू सेवाबाट बञ्चित थिए।
जिटीए फाउन्डेसनले हेनरी फोर्ड हेल्थ र शहिद गंगालाल राष्ट्रिय मुटु केन्द्रसँग सहकार्य गरेर हिमाली तथा उच्च पहाडी पर्यटन क्षेत्रमा काम गर्ने माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सञ्चालन गरेर गम्भीर समस्या देखिएकाहरूको निःशुल्क उपचार गरिने फाउन्डेसनका प्रमुख दीपकचन्द्र बज्राचार्यले बताए।

उनका अनुसार मुटु जचाँउनेमा शेर्पाहरु धेरै छन् । उनीहरूको मुटु वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विनय रौनियार लगायतको टिमले जाँच गरेको हो ।
मुटु जाँच गराउनेहरूलाई सुरूमा फारम भराइएको थियो । फारम भरेकाहरु पचास जना र थप चालिस जना गरेर नब्बे जनाको मुटु परीक्षण गरिएको हो ।

जिटीए फाउन्डेसनको आयोजना र पहलकदमीले शेर्पा लगायत गाइड र पोटरको निःशुल्क मुटु जाँच र उपचार हुनु महत्वपूर्ण काम भएको नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागाईंले बताए ।
एक दिने शिविरबाट धेरै जसो शेर्पा लाभान्वित भएका छन् । मुटु जाँच गरेकाहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






