काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ । आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुनसकेन ।
ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४१ मा सीमित भएको छ । कूल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर रू चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा खरिदबिक्री भएका छन् ।
कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रू २५ करोड १५ लाख ६० हजार छ सय सात बराबरको कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रू १६ करोड ५७ लाख ६६ हजार आठ सय ६०, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रू १४ करोड ५६ लाख ७६ हजार नौ सय ८८, माउण्टेन इनर्जी रू १४ करोड ४० लाख ६९ हजार नौ सय २१ र शिवम् सिमेन्ट रू १३ करोड ७३ लाख १७ हजार दुई सय ६१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, सामुदायिक लघुवित्त, डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ९० र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले नौ दशमलव ६० प्रतिशतले कमाएका छन् ।
समता घरेलु लघुवित्त सात दशमलव १५, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ८७, स्वाभिमान लघुवित्त पाँच दशमलव ४७, एशियन हाइड्रोपावर पाँच दशमलव ३८ र अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव २६ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





