काठमाडौँ । विगत एक हप्तादेखि एनसेलको ८० प्रतिशत स्वामित्व बहन गर्ने रेनोल्डस् होल्डिङ्को शेयर खरिद बिक्री र यसको सम्झौताका सम्बन्धमा शेयर क्रेता र बिक्रेता कम्पनीको निर्णय भएसँगै उक्त प्रक्रिया सम्बन्धी विभिन्न तह र तप्काबाट चौतर्फी रुपमा एनसेल लक्षित अत्यन्तै गैरजिम्मेवार र भ्रामक प्रचार प्रसार भइरहेको भन्दै एनसेल आजियाटा लिमिटेडमा रहेको यस स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता गतिविधिले १८ वर्षदेखि अनवरत रुपमा नेपाल र आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रवाह गर्दै आएको यस कम्पनीको प्रतिष्ठामा ठूलो आँच पुर्याउनुका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल गिराएको उल्लेख गरेको छ ।
आम नेपाली जनतालाई भ्रममा पार्ने गरी भइरहेका गतिविधि र समाचार प्रचारप्रसारले देशमा लगानीको वातावरणलाई खलल पुर्याउने र निजी क्षेत्रलाई हतोत्साही पार्ने काम भएको आफूहरुको ठम्याइ रहेको युनियनले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





