काठमाडौं । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा विरोधको कार्यक्रम जारी राखेको हो ।
आज बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो । नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताए ।
उनले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने बताए । उनले आफूहरुले पूँजि पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताए । उनले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गरे ।
उनले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको बताए । उनले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





