काठमाडौँ । माछापुच्छ्रे बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिरका महिनाका लागि निर्धारित ब्याजदर परिमार्जन गर्दै यही मंसिर २६ गतेदेखि लागू हुने गरी मंसिरमा लागू गरिएको ब्याजदर घटाएको हो ।
बैंकले ब्याजदर परिमार्जन गर्दै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि मंसिर १ गतेदेखि लागू हुने बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत कायम गरेको थियो भने बैंकले मुद्दति निक्षेपमा १ प्रतिशतको विन्दुमा ब्याजदर घटाएको छ ।
यसैगरी कल निक्षेपको ब्याजदर पनि बैंकले घटाएर २.३० प्रतिशत कायम गरेको छ। यसअघि कल निक्षेपको ब्याजदर २.८०२ प्रतिशत थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





