कटारी । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा रु ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी सो आर्थिक वर्षमा चार सय ६४ जना वैदेशिक रोजगारीबाट फर्किएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार कुल विप्रेषणमध्ये सबैभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भएको छ । “कुल भित्रिएको विप्रेषणमध्ये १४ प्रतिशतमात्रै बचत देखियो, एक दशमलव सात प्रतिशत ऋण लगानी भएको छ”, उहाँले भन्नुभयो, “शून्य दशमलव पाँच प्रतिशत व्यवसाय र ८४ प्रतिशत अनुत्पादक क्षेत्र अर्थात् मोबाइल तथा टिभीलगायतमा खर्च भएको देखियो ।”
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाका लागि पुनःएकीकरण (रेमी) परियोजनासमेत सुरु भएको छ । नेपाल सरकारको श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हुँदै यो परियोजना कोशी प्रदेशको १० वटा स्थानीय तहमा सुरु भएको छ ।
स्वीजरल्याण्ड सरकारको सहयोगमा ‘हेल्भेटास नेपाल’मार्पmत सुरु भएको यो परियोजना उदयपुरको आठ स्थानीय तहमध्ये कटारी नगरपालिकामा सुरु भएको हो । नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले विदेशबाट फर्किएकालाई आर्थिक, सामाजिक, राजनीतिक समस्या समाधानका लागि रेमी परियोजनाले काम गर्ने बताए ।
“परियोजनाको सुरुआती चरण सुरु भएको छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “वडा नं ५ र ७ मा धेरैजना विदेश जाने गरेको पाइएकाले त्यहाँबाट परियोजना सुरुआत गरेका छौँ ।” परियोजना संयोजक जयन्ती तामाङले विदेशबाट फर्किएकाहरू मनोसामाजिक, आर्थिक, सामाजिक र राजनीतिकरूपमा कसरी समाजमा एकीकरण गर्न सकिन्छ भन्ने क्षेत्रमा काम सुरु भएको बताइन् । नगरपालिकाभित्र विप्रेषण भित्रिएको देखिए पनि यसको सही सदुपयोग नहुँदा समाजमा एकीकरण भई फर्किएकाहरू बास्न नसक्ने अवस्थाको अन्त्यका लागि परियोजनाले काम सुरुआत गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






