काठमाडौँ । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सर्ट लिष्टिङ गरिएको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि १९ जना आवेदकबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरेको जनाएको छ ।
सर्ट लिष्टिङमा पर्नेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) रहेका छन् । उनीहरूको अन्तरवार्ता भने बुधवार पुस ४ गते हुने बताइएको छ । गत असोज २१ गते खुलाइएको आवेदनमा १९ जनाले आवेदन दिएका थिए ।
बैंकको सञ्चालक समितिबाट गठित छनौट उपसमितिले ५ जनालाई अन्तरवार्ताका लागि छनौट गरेको हो । नेपाल बैंकमा यसअघि कृष्ण बहादुर अधिकारी सीईओ थिए । अधिकारीको कार्यकाल असोजमा सकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





