बलेवा । बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।
पानी, दूध, तेललगायतका पदार्थको आधारभूत परीक्षण गर्न मिल्ने प्रयोगशाला स्थापनाका लागि आवश्यक सहयोग गर्न बागलुङ नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको समितिका संयोजक तथा नगरउपप्रमुख राजु खड्काले बताए । प्रयोगशाला स्थापनापछि आधारभूत खाद्य पदार्थको नियमन सहज हुने उनको धारणा छ । प्रयोगशालाको अभावमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गर्नेलाई कारबाही गर्न कठिन भएको उपप्रमुख खड्काले बताए ।
चिनीको मूल्य घटेको भए पनि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको भन्दै तत्काल मूल्य समायोजन गरी बिक्री वितरण गर्न उद्योग वाणिज्य सङ्घमार्फत अनुरोध गर्ने र अनुगमनलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
बागलुङ उद्योग वाणिज्य सङ्घले सञ्चालन गर्न थालेको बागलुङ महोत्सवमा रहने खाद्यान्नको कक्षको नियमित अनुगमन र खाद्य स्वच्छताका लागि नियमन गर्ने बैठकले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





