काठमाडौं । कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् । उनीहरूले लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार १५ महिनादेखि लाइसेन्स छपाइ पूर्ण क्षमतामा थिएन । आंशिक रूपमा छपाइ भइरहे पनि ६ महिनायता भने ठप्पजस्तै छ ।
अहिले विभागले निकै सीमित संख्यामा मात्रै लाइसेन्स छाप्छ । रोजगारी र अध्ययनको सिलसिलामा विदेश जानेलाई मात्र लाइसेन्स दिने गरिएको छ । यो संख्या दैनिक साढे तीन सयदेखि चार सयसम्म हुने गरेको विभागले जनाएको छ ।
विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्न अहिले विभागसँग कार्ड अभाव छ । कार्ड नहुँदा असारदेखि लाइसेन्स छाप्ने काम ठप्पजस्तै भएको हो । विभागसँग भएका सीमित कार्डमा मात्र विवरण छाप्ने काम भइरहेको छ । विभागका अनुसार अहिले दैनिक लाइसेन्स परीक्षा उत्तीर्ण र नवीकरण गर्नेको संख्या ४ देखि ५ हजारसम्म छ । तर कार्ड अभाव भएकाले उनीहरूले कहिले लाइसेन्स पाउने भन्ने टुंगो छैन ।
सरकारले समयमा लाइसेन्स दिन नसक्दा छाप्नुपर्ने कार्ड संख्या थपिएको थपियै छ । छाप्न बाँकी लाइसेन्स कार्डको संख्या झन्डै १४ लाख पुगिसकेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





