काठमाडौं । प्रभु क्यापिटलका हितग्राहीहरुले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्समा छुट पाउने भएका छन् ।
प्रभु क्यापिटल र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सबीच तीन वर्षको लागि भएको सम्झौता अनुसार प्रभुका हितग्राहीले छुट पाउने भएका हुन् । प्रभु क्यापिटलमा डिम्याट (हितग्राही) खाता खोलेका ग्राहकले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउनेछन् ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सको तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले हस्ताक्षर गरे ।आन्तरिक माउन्टेन फ्लाइट बुकिङमा १५ प्रतिशत र विभिन्न अन्तर्राष्ट्रिय फ्लाइटमा १० प्रतिशत छुट पाउनेछन् ।
यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ । जसको आधारमा टुर्स एण्ड ट्राभल्सले ग्राहकलाई छुट दिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





