घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री ?

 

काठमाडौं । आज सुनको मूल्य घटेको छ । कारोबार साताको तेश्रो दिन मंगलबार बढेको सुनको मूल्य कारोबार साताको चौथो दिन बुधबार भने तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै